बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत पक्राउ

काठमाडौं। काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले गजमेर पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।