‘अग्र अनुहार’ पुस्तकको विमोचन ‘कपी’ फोनिजको कब्जामा, कार्यक्रम भाँडियो

काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विरोधका कारण  नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले निकालेको पुस्तक सार्वजनिक गर्ने कार्यक्रम भाँडिएको छ ।

फोनिजका कार्यकर्ताहरूले महासङ्घको विमोचनको लागि तयार गरेको ‘अग्र अनुहार’ पुस्तकको विमोचन कपी नै कब्जा गरेसँगै महासङ्घको कार्यक्रम विफल हुन पुगेको हो ।

महासङ्घ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराई बनाइएको भन्दै आदिवासी पत्रकार सङ्घले विरोध गरेको थियो । फोनिजकै विरोधका कारण पुस्तक विचन कार्यक्रममा जाने भनेका सभामुख देवराज घिमिरे र संचारमन्त्री रेखा शर्मा समेत कार्यक्रममा गएनन् ।

No description available.

प्रमुख र विशिष्ट अतिथि नै नगए पनि महासङ्घले जर्वजति पुस्तक विमाेचन गर्न खोजेको थियो । कार्यक्रम सुरु हुनासाथ फोनिजका कार्यकर्ताहरूले नाराजीसहित होहल्ला गरेसँगै महासङ्घको कार्यक्रम बिथोलिन पुग्यो । फोनिजका कार्यकर्ताले विमाेचनको लागि तयार गरेको पुस्तक नै कब्जामा लिन लिएका हुन् ।

No description available.

फोनिजले महासङ्घले २४ घण्टाभित्र आफ्नो गल्ती नसुधारे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । ‘आजको प्रस्तुति त ट्रेलर मात्र हो, महासङ्घ २४ घण्टाभित्र सच्चिँदैन भने कडा आन्दोलनमा जान्छौ। ’फोनिजका उपाध्यक्ष अमरध्वज लामाले भन्नुभयो ।  फोनिज महासचिव मिलन लिम्बूले इतिहास नसच्चिए देशभर आन्दोलन हुने चेतावनी दिनुभयो ।