नेपालले क्यानडासँगको एक दिवसीय शृङ्खलाको दोस्रो खेल खेल्दै

काठमाण्डौ । नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय शृङ्खला खेल्दैछ ।

बिहीवार पहिलो खेलमा सात रनले विजयी भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अहिले बिहान ९ बजेर १५ मिनेटमा शुरु हुँदैछ ।

अर्को अर्थात् शृङ्खलाको अन्तिम खेल पर्सि सोमवार हुनेछ ।