आज सुनचाँदीकै भाउमा गिरावट

काठमाण्डौ । नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीकै भाउ घटेको छ ।

आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।