‘मे १० सम्ममा भारतीय सेनाले देश छाड्ने छन् : माल्दिभ्सका राष्ट्रपति
एजेन्सी । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाड्ने जानकारी गराएका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक राष्ट्रपति मोहम्मद मुइज्जुले संसदमा भाषण दिंदै सो जानकारी गराएका हुन् ।
उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा माल्दिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिने समेत बताएका छन् ।
सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र माल्दिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमति समेत गरेका छन् । उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने उनी बाँकी २ प्लेटफर्मबाट मे १० सम्म भारतीय सैनिक फिर्ता हुनेछन ।