४ दिन थुनामा राखेर अरुण चौधरीलाई अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डौ । बाँसबारीस्थित १० रोपनी सरकारी हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाण्डौ जिल्ला अदालतले चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले आज (बिहीबार) काठमाण्डौको लैनचौरबाट पक्राउ गरेको थियो ।

यस्तै, अदालतले सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

यस्तै, पक्राउ परेका सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई भोलि (शुक्रबार) अदालतमा उपस्थित गराइनेछ ।