
सुनको भाउमा वृद्धि, चाँदीको यथावत
काठमाण्डौ । सुनको भाउ आज (बुधबार) तोलामा एक सय रुपैयाँ बढेको छ ।
आज सुनको भाउ तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने यथावत रहेको छ । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।