केपी शर्मा ओली नेपालका सर्वाधिक प्रतिभाशाली नेता हन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिको सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गर छ ।
मंगलबार काठमाडौँमा आयोजित एक समारोहकाबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएकोसमेत बतउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकासमेत उजागर गरेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पतीको रुपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तक नेताहरुलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।