रामग्राम क्षेत्र बिना प्रतिस्पर्धा भाडामा दिने निर्णयबारे लेखा समितिको असन्तुष्टि
काठमाण्डौ । संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्र बिना प्रतिस्पर्धा ९९ वर्षका लागि भाडामा दिने निर्णयबारे जानकारी दिन निर्देशन दिएको छ ।
समितिले आज (मंगलबार) पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालयलाई पत्राचार गर्दै सर्वसाधारणबाट अधिग्रहण गरिएको जग्गा बिना प्रतिस्पर्धा दिनुको कारण र कागज पठाउन निर्देशन दिएको हो ।
समितिका सचिव एकराम गिरीले पठाएको पत्रमा भनिएको छ, ‘लुम्बिनी विकास कोषले सर्वसाधारणको ११६ विघा जमिन अधिग्रहण गर्ने गरी गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन् एवं वौद्ध स्तुपा निर्माण तथा भाडामा ९९ वर्ष सम्म दिने गरी विना प्रतिस्पधां निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचार प्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराउँदै तपसिलका विषयमा के कसो भएको हो सो को जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु ।’