प्रधानमन्त्री कप : गण्डकी ६ विकेटले पराजित पुलिस फाइनलमा प्रवेश
काठमाण्डौ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आज (सोमबार) काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टाएको होे । टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८ ओभर तीन बलमा एक सय ७० रनमा अल आउट भएको थियो । पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ । पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ ।