जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा फर्कन नसक्ने माधव नेपालको तर्क

काठमाण्डौ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताउनुभएको छ ।

काठमाण्डौमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा आज (सोमबार) अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिरसमेत गर्नुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उहाँले अहिले पनि कम्युनिष्ट पार्टीमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताउनुभयो ।

उहाँले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिऊँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिनुभयो ।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरू जान नसक्ने तर्कसमेत गर्नुभयो ।