अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने स्वास्थ्यमन्त्री बस्नेतको दाबी

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ ।

आज (सोमबार) सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको शिक्षा नीतिमा रहेका उहाँले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले देशमा कामै नपाउने अवस्था रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताउनुभयो ।