मिस्ट्री खोला-२ जलविद्युत् आयोजना नबनाउन सर्वोच्चद्वारा परमादेश

काठमाण्डाै । सर्वोच्च अदालतले म्याग्दीको मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने उल्लेख गर्दै निर्माण नगर्न हिजो परमादेश दिएको हो ।

जलविद्युत् आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्ने र त्यसले मानिसको बासस्थान, प्राकृतिक सम्पदा, कृषि तथा पर्यटन व्यवसायमा समेत असर गर्ने भएकाले बनाउन नमिल्ने आदेशमा उल्लेख छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने मिस्ट्री खोला २ जलविद्युत् आयोजना बनाउँदा तातोपानीको कुण्ड नष्ट हुने दाबी गर्दै सर्वोच्चमा मुुद्दा परेको थियो ।