लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट  नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली काँग्रेसबाट उम्मेदवार  विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।

सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो ।

आज भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका सुवेदी र सापकोटा विजयी हुन भएको हो ।

निर्वाचनमा सुवेदीले ५४३५  र सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९  मतभार प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिंह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५०मतभार प्राप्त गर्नुभएको थियो । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको  निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये  ३ सय ३ मत खसेको थियो ।