प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे तेस्राे जित, लुम्बिनीको लगातार चौथो हार

काठमाण्डाै।  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो जित हात पारेको छ ।

भैरहवामा आज भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।

एपीएफका कप्तान रोहित पौडेलले ५२ रन बनाए । लुम्बिनीका मोहम्मद हुसैन, कृष्ण कार्की र इकलाख अहमदले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रनमा अल आउट भयो ।

लुम्बिनीका दिलसाद अलीले नट आउट ३९ रन बनाए । एपीएफका रमेश कुर्मीले ५ विकेट लिए ।

प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो ।