त्रिविमा सीएसआईटीका शिक्षक विद्यार्थी आन्दोलित
कार्यकारी परिषद्को बीएस्सी सीएसआईटी र एमएस्सी सीएसआईटी कार्यक्रमलाई आन्तरिक स्रोतबाट सञ्चालित विषेश शैक्षिक कार्यक्रम भनेर उल्लेख गरिएको निर्णयविरुद्ध आन्दोलित भएको उपप्राध्यापक सर्बिम सायमीले बताउनु भएको छ । सीएसआईटी कार्यक्रमको संयोजक जुनसुकै विषयमा अध्ययन गरेको भए पनि हुने प्रावधान ल्याएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
यसअघि कार्यक्रम संयोजक सीएसआईटी नै पढेको हुनुपर्ने प्रावधान थियो तर कार्यकारी परिषद्ले हाल संयोजक जुनसुकै विषय पढेको भए पनि हुने निर्णय गरेको छ । सह–संयोजक सीएआईटी पढेको हुनुपर्ने भनिएको छ ।
त्रिविका आंगिक क्याम्पसमा सीएसआईटी स्नातक १४ वर्ष र स्नातकोत्तर २२ वर्षदेखि सञ्चालन भइरहेको छ । त्रिविले सम्बन्धन दिँदा १ जना सीएसआईटी पढेकै कार्यक्रम संयोजक र ४ जना पूर्णकालीन शिक्षक हुनुपर्ने प्रावधान राखिएको र सो नियम कार्यान्वयन हुनुपर्ने पनि उनले बताए । उनका अनुसार सीएसआईटी कार्यक्रममा देशभर करिब १८ हजार विद्यार्थी अध्ययनरत छन् ।