प्रधानमन्त्री कप क्रिकेट : आजको खेलमा पुलिसको जित, आर्मी १३ रनले पराजित
काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा आज भएको खेलमा पुलिसले आर्मीलाई १३ रनले हरायो ।
पुलिसले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अल आउट भयो । आर्मीका भीम सार्कीले ५२ रन बनाए । पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिस ३१ ओभर ४ बलमा १ सय ४० रनमा अल आउट भयो । पुलिसका सुनिल धमलाले ५२ रन बनाए । आर्मीका सोमपाल कामीले ४ विकेट लिए । यो जितसँगै पुलिस ६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । आर्मी ४ अङ्कसहित छैटौँ स्थानमा छ ।