नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिका फुटसल कप आयोजना गर्ने
काठमाण्डौ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले यही माघ ६ गते अन्तर पालिकास्तरीय फुटसल कप २०८० आयोजना गर्ने भएको छ ।
जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकागरी ८ वटै स्थानीय तहका १६ वटा टिमबीच प्रतिस्पर्धा हुने रामेछाप काठमाडौं सम्पर्क मन्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताबारे जानकारी दिन कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजित पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रत्येक पालिकाबाट दुई दुईवटा गरी १६ टिमले भाग लिने फुटसल कपको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार प्रथम हुने टिमलाई ३० हजार नगदसहित मेडल प्रदान गरिनेछ ।
त्यस्तै दोस्रोले २० हजार,तेस्रोले १० हजार र सान्त्वना पुरस्कार ५ हजारसहित नगद,सिल्ड र प्रमाणपत्र दिइने उहाँको भनाइ छ । प्रतियोगिता बिहान ८ बजेदेखि च्यासलस्थित नेशनल स्पोर्टस सेन्टरमा आयोजना हुने सम्पर्क मन्चले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित मेडयल दिइने सम्पर्क मन्चको युवा तथा खेलकुद विभागका कार्यक्रम संयोजक विनोद कुमार श्रेष्ठले जानकारी दिनुभयो ।