राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेश २०८० जारी
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बिहीबार) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले उक्त अध्यायदेश जारी गरेको शीतल निवासले जनाएको छ ।
मन्त्रिपरिषद्को हिजो (बुधबार) बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।