संघीय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्छ : शिक्षाविद्

काठमाडौं । शिक्षाविद्हरुले संघीय शिक्षा विधेयक पुनःलेखन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार प्रतिनिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक संघीय शिक्षा विधेयकका बारेमा आफ्ना धारणा राख्र्दै शिक्षाविद्हरुले संशोधन मात्रै नभइ विधेयकको पुनःलेखन आवश्यक रहेको बताएका हुन् ।

उनीहरुले संघीय शिक्षा विधेयकमा शिक्षाको गुणस्तर, शिक्षण सिकाई प्रक्रिया, प्रक्रियामुखी वा परिणाममुखी शिक्षा बनाउने, लगानी, जिम्मेवारी लगायतका धेरै विषयमा स्पष्ट नभएकाले धेरै संशोधन भन्दा पनि पुनर्लेखन गर्न आवश्यक रहेको बताए । शिक्षाविद्हरुले समितिले विधेयकमा संशोधन मात्रै गर्ने नभएर पुनर्लेखन गर्ने ल्याकत राख्न सुझाव दिए ।

 

समिति बैठकमा बोल्दै शिक्षाविद् प्रा।डा। विद्यानाथ कोईरालाले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन कि संशोधन मात्रै हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले समितिले विधेयकलाई संशोधन मात्रै गर्ने भए सुझाव दिनु बेकार हुने भन्दै पुनर्लेखन गर्न सुझाव दिनुभयो । उहाँले शिक्षा विधेयकलाई ऐन बनाउने कि मापदण्ड मात्र बनाउने रु भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

 

शिक्षाविद् कोईरालाले विधेयकमा विद्यार्थीलाई पढाउनको लागि साँच्चै शिक्षक कस्तो हुने भन्ने विषयमा समेत स्पष्ट रुपमा लेखिनुपर्ने बताउनुभयो । उहाँले शिक्षकलाई शिक्षण सिकाई प्रक्रियामा तयार गर्ने डिजाइनका विषयमा समेत विधेयकमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकलाई सहयोग गर्ने धेरै कुराहरू विधेयकमा रहेको भन्दै सुविधा दिने विषयमा सोच्नुपर्ने बताउनुभयो ।

 

शिक्षाविद् कोईरालाले शिक्षाको लगानीका विषयमा विधेयकमै स्पष्ट धारणा आउनु पर्ने बताउनुभयो । उहाँले शिक्षामा २० प्रतिशत लगानी गर्नुपर्छ भनेर भनिरहेको तर, त्यसो हुन सक्ने अवस्था नभएको बताउनुभयो । कोईरालाले प्रदेशले यति खर्च गर्ने, स्थानीय तहले यति गर्ने भनेर किटानी विधेयकमा गर्न माग गर्नुभयो । उहाँले शिक्षाको अधिकार संघ,प्रदेश र स्थानीय तह कहाँ हुने अहिले अलमल भइरहेको बताउनुभयो ।

 

शिक्षाविद् कोईरालाले संविधानले दिएको अधिकारअनुसार सबैलाई सम्मान शिक्षाको पहुँच पु¥याउने जिम्मेवारी स्थानीय सरकारको भएको बताउनुभयो । उहाँले विधेयकमा गुठीको विषय रहेको भन्दै गुठी मात्रै उत्तम विकल्प नभएको बताउनुभयो । उहाँले गुठीका विद्यालयहरुले शिक्षकलाई न्याय गरे पनि समाजलाई न्याय गर्न नसकेको बताउनु भयो ।

 

समिति बैठकमा प्रा।डा।विनय कुसियतले पनि संघीय शिक्षा विधेयकलाई संशोधन नभएर पुनर्लेखन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समितिले सांसदहरु तथा अन्य सरोकारवालाहरुको संशोधनलाई लिनुभन्दा पनि पुनर्लेखनमा लाग्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले विधेयकमा धेरै विषयहरु समावेश र स्पष्ट नभएको कारण संशोधन मात्रै गरेर काम नहुने बताउनुभयो ।

 

प्रा।डा।कुसियतले शिक्षा प्रक्रिया र परिणाममुखी दुवै हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षण सिकाई प्रक्रियालाई राम्रो बनायो भने परिणाम पनि राम्रो हुने उल्लेख गर्नुभयो । उहाँले मुलुकको वर्तमान शिक्षा प्रणाली,पाठ्यक्रम नै परिणाममुखीतर्फ उन्मुख रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा प्रणालीलाई प्रक्रियामुखी कसरी बनाउने भन्ने चिन्तन विधेयकले राख्नु पर्नेमा जोड दिनुभयो ।

 

प्रा।डा। कुसियतले शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले २० प्रतिशत लगानी गर्नुपर्ने विषय आए पनि २० प्रतिशत लगानी गर्न सक्ने अवस्था भने भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षामा काम गर्न नसके पनि संविधानअनुसार अझ बढी अधिकार दिएर जानुपर्ने उल्लेख गर्नुभयो ।

 

त्यस्तै, शिक्षाविद् डा।ब्रजेश पन्तले विद्यालय सुशासन र कार्यसम्पादनको नेतृत्व र सुदृढिकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयको शासकीय स्वरुपअन्तर्गत विद्यालयलाई एक स्वायत्त एकाईका रुपमा मात्रै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले विगत केही वर्षको अन्तरालमा शिक्षाको गुणस्तर भन्दा पनि भौतिक सुधार धेरै भएको बताउनुभयो । उहाँले विद्यालय तहदेखि माथिल्लो कक्षासम्म जाँदा शिक्षाको सम्मान पहुँचमा समस्या रहेको बताउनुभयो ।

 

शिक्षाविद् पन्तले पछिल्लो समय निजी विद्यालयहरुमा परीक्षाको प्रतिफल आएकाले विद्यार्थीहरुलाई निजी विद्यालयमा पढाउँदा राम्रो हुने गलत भाष्य पैदा भइरहेको बताउनु भयो । उहाँले शिक्षामा लगानी विगतका वर्षहरुमा भन्दा अहिले घट्दै गएको बताउनुभयो । उहाँले नेपालको शिक्षा प्रणाली सुधारमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।