मेलम्चीको पानी आज देखि पुनः वितरण
काठमाडौं । काठमाडौँ उपत्यकामा आज (सोमबार) देखि मेलम्चीको पानी पुनः वितरण थालिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्नुभएको हो ।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताउनुभयो । ।