स्थानीय मदिरालाई वैधता दिने कानुन बनाउने तयारी
काठमाण्डौ । कास्कीको रुपा गाउँपालिकाले स्थानीय मदिरालाई वैधता दिँदै ब्रान्डिङ गर्ने व्यवस्था सहितको कानुनको बनाउने भएको छ । पालिकाको गाउँपालिकाको हिउँदे अधिवेशनमा यस सम्बन्धी विधेयक पेश भएको हो ।
सङ्घीय सरकारसँग समन्वय गरी स्थानीय मदिराको मापदण्ड र त्यसको गुणस्तर मापन गर्ने प्रयोगशाला लगायतका संरचना बनाउने तयारी छ । “गाउँसभामा पेश भएको विधेयक छलफल गरी पारित गर्छौं, मदिरामा लाग्ने कर अन्तशुल्कको विषयमा पनि समन्वय गर्छौँ,” उहाँले भन्नुभयो ।
स्थानीय कोदोबाट बनाइने मदिरालाई व्यावसायिक रुपमा उत्पादन गर्न १४ औं गाउँसभाबाट कानुन बनाउन लागिएको हो । स्थानीय मदिरामा अखाद्य वस्तु नहुने र मापदण्ड तथा गुणस्तर कायम गर्ने व्यवस्था मिलाइने उहाँ बताउनुहुन्छ ।
रुपा गाउँपालिका रहेको गण्डकी प्रदेशको सरकार पनि स्थानीय मदिरालाई वैधता दिने कानुन बनाउने तयारी गरेको छ । रुपाले भने यसै वर्ष यो ऐन कार्यान्वयनमा लैजाने तयारी गरेको छ । गाउँपालिकाले एक घर, एक घार कार्यक्रम चलाइरहेको छ ।