दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
अध्यक्ष खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । खनाल ९ साउन २०७६ मा दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
अध्यक्ष खनालमाथि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम र टेरामक्स खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।
यी प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाउने भएपछि खनाल राजीनामा दिनुपर्ने दबाबमा थिए ।