एपीएफ र आर्मी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाण्डौ ।  सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सोमवार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । पुलिसको ३ खेलमा ६ अङ्क छ ।

त्यस्तै सोमबारनै भएको समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुगेको हो आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको ५ । गण्डकीको ३ खेलमा ६ अङ्क छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश पनि विजयी भएका छन् । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायो । यस्तै अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हरायो ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।