कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउनु नेपालको स्वतन्त्रताविरुद्ध छ : झलनाथ खनाल
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैं योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताउनुभएको छ ।
आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरी कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरत भएको दाबी गर्नुभयो । उहाँले छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्वीकार्न तयार रहेको तर कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उल्लेख गर्नुभयो ।
नेता खनालले कुनैपनि सरकारले राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।