गाजामा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुग्यो

एजेन्सी ।  लडाकु समूह हमाससँगको लडाइँमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुगेको बीबीसीले जनाएको छ ।
हमास र इजरायलबीच लडाइँ शुरु भएदेखि हिजोसम्म २२ हजार ६ सयको सङ्ख्यामा प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ । यी आक्रमणमा एक सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, दुई सय ९६ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमाले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध कारबाही थालेको थियो ।