माइतीघरबाट धोती दिवस मनाउनेहरु पक्राउ

काठमाण्डौ  । काठमाण्डौ माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सीके राउतसहित केहीलाई पक्राउ गरेको छ ।

धोती दिवस मनाउने क्रममा माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।