शोधपत्र लेखनका लागि राष्ट्रिय परीक्षा बोर्डले अनुदान दिने, निवेदन पेश गर्न आह्वान

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले स्नातकोत्तर तह, एमफील र विद्यावारिधी तहका विद्यार्थीलाई शोधपत्र लेखनका लागि अनुदान दिने भएको छ ।

बोर्डले सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/ ०८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार स्नातकोत्तर, एम.फिल र विद्यावारिधी तहका विद्यार्थीलाई माध्यमिक तहको परीक्षा सुधार सम्बन्धी कुनै पनि शीर्षकमा शोधपत्र लेखनका लागि अनुदान दिइने जनाएको छ ।

शोधपत्र लेखनका लागि इच्छुक विद्यार्थी / शोधार्थीलाई प्रस्ताव सहितको आवेदन आगामी फागुन मसान्तभित्र निवेदन पेश गर्नु बोर्डले आह्वान गरेको छ । स्नातकोत्तर तहका शोधार्थीलाई ७५ हजार एम.फिल तहका लाई १ लाख र विद्यावारिधि तहका विद्यार्थीलाई १ लाख २५ हजार दिने बोर्डले जनाएको छ ।