बलात्कार मुद्धामा क्रिकेटर लामिछाने दोषी ठहर
काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।
न्यायधीशले सजाय निर्धारणका लागि लामिछानेलाई पेश गर्न आदेश गरेका छन् ।