‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वाेच्चकाे आदेश
काठमाण्डौ । सर्वोच्च अदालतले अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको छ।
न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले बुधबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।
शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएकाे सार्वजनिक बिदाले पीडितलाई थप पीडाबाेध भएकाे सर्वोच्चको व्याख्या छ।