बालकुमारी घटना : एक युवकको मृत्यु
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ ।
गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा आज दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो ।
करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताउनु भएको छ ।
राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
राउतको छातीमा निलदाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताउनु भयो । राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो ।
अस्पताल पु¥याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो ।