राजस्व चुहावट गरेको आरोप लागेका बस्नेतले पाए सफाई

काठमाण्डौ । मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेतले अकुत सम्पत्ति आर्जनको आरोपबाट सफाई पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले आइतबार बस्नेतसहित श्रीमती सिता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजी कृपा बस्नेतलाई सफाई दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध ९ करोड रुपैयाँ बिगो दाबी गर्दै २०७६ माघ १६ गते अदालतमा मुद्धा दायर गरेको थियो ।

मालपोत कार्यालयमा नक्कली रसिद काटेर राजस्व चुहावट गरेको आरोप लागेका बस्नेतमाथि पछि अकुत सम्पत्ति आर्जनको पनि मुद्दा थपिएको थियो । बस्नेतले २०४५ कात्तिक १९ गते सरकारी सेवा सुरु गरेका थिए । त्यसक्रममा उनी विभिन्न मालपोत कार्यालय पुगेका थिए ।