स्वास्थ्य क्षेत्रमै पहिलो पटक ह्याम्स अस्पतालले आईपीओ जारी गर्ने

काठमाण्डौ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न हिजो (शुक्रबार) बोर्डमा निवेदन दिएको हो । अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा एक सय ८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता दुई सय ८८ रुपैयाँमा आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो ।

गएको आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेको हो । अस्पतालले शेयर निष्कासनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । यसैमध्येबाट बढीमा पाँच प्रतिशत शेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत शेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइसकेको छ । अस्पतालले एक सय शय्याको जनरल स्वास्थ्य संस्था÷अस्पताल सञ्चालन गर्दै आइरहेको छ ।