वैदेशिक सहयोगका कार्यक्रमहरूको निगरानी हुनुपर्छ : सभामुख घिमिरे

काठमाण्डौ । सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।

आज (शुक्रबार) काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले विदेशी सङ्घ–संस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेको भन्दै यसको निगरानी हुनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक सहयोगको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिकको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले विदेशी सङ्घ–संस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोग गर्ने क्रम बढिरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो कि होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई प्रणालीमा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्त्व के छ भन्नेबारेमा धेरै बहस छलफल नै हुँदैन । त्यसैले वैदेशिक सहयोगको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिकको पहुँचमा यी कुराहरू पुग्नुपर्छ । पहुँचमा पु¥याउने काम संसद् र नागरिकबाट छानिएका सांसदहरूको हो । आर्थिक उन्नति अथवा देशको विकास गर्नलाई वैदेशिक सङ्घ–संस्थाहरूमार्फत, विभिन्न देशहरूमार्फत आइरहेका सहयोगहरूको निगरानी गर्ने कुरामा संसद् प्रभावकारी हुनुपर्छ ।’

सभामुख घिमिरेले विमानस्थल बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको बताउनुभयो ।