ग्लोबल आईएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित

काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएको छ ।

भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एसोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा अवार्ड प्रदान गरिएको हो ।

बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने यो प्रविधि नेपालमै पहिलो रहेको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।