सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान पाउने
काठमाण्डौ । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो ।
त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताउनुभयो ।
उहाँका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।