२०८६ सम्म एनसेललाई सरकारको स्वामित्वमा ल्याउन राज्य व्यवस्था समितिको निर्देशन
काठमाण्डौ । राज्य व्यवस्था तथा सुशासन समितिले २०८६ सम्म एनसेललाई सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ ।
आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि समितिले सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको सभापति रामहरि खतिवडाले बताउनुभयो ।
सरकारले गठन गरेको एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म शेयर कारोबारमा कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देशन गरेको छ । भने त्यसलाई आवश्यक ऐन र नियम संशोधन गर्न समेत निर्देशन दिएको छ ।