जाजरकोट भूकम्प प्रभावितलाई एमाले सुदूरपश्चिम संसदीय दलको आर्थिक सहयोग

काठमाण्डौ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ ।

आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ हजार रकम सहयोग गरिएको जानकारी दिनुभयो ।

त्यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट संकलित रकम सोमबार जिल्ला प्रशासन कार्यालयबाट मार्फत भूकम्प प्रभावितलाई पठाइएको हो । एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।