निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीद्वारा केही अभियन्ता पक्राउ
काठमाण्डौ । काठमाण्डौमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले केही अभियन्तालाई पक्राउ गरेको छ ।
आज (शुक्रबार) भएको विरोधका क्रममा नागरिक अभियन्ता पक्राउ परेका हुन् । भद्रकालीमा जम्मा भएर माइतीघरतर्फ जान खोज्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको नागरिक अभियन्ताले बताएका छन् ।
सरकारले माइतीघर क्षेत्रलाई प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेपछि नागरिकले विरोध प्रदर्शन गर्ने पाउने अधिकार कुण्ठित भएको भन्दै अभियन्ताले विरोध गर्दै आएका छन् ।