रामेछापको मन्थलीस्थित मदन-आश्रितको सालिकमा ओलीद्वारा माल्यार्पण
काठमाण्डौ । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले रामेछापको मन्थलीस्थित मदन –आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मन्थली पुग्नुभएका ओलीले आज बिहान मदन भण्डारी स्मृति पार्कमा रहेको उहाँहरूको सालिकमा माल्यार्पण गर्नुभएको हो ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दै छ । हिजो राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो ।
आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ । घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।