काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु, पहाडका केही ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।
उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु केहीबेर पछि हट्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तर, पश्चिमी वायुको प्रभाव रहेकाले मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने नभएको मौसमविद् गंगा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर घाम र केहीबेर बादल लाग्ने क्रम चलिरहने छ ।
आज पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का पानी पर्ने अनुमान पनि गरिएको छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको अनुमान छ ।
यसैबीच, यसपालिको हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपालिको हिउँदमा औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरेको हो ।