संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमकोे राजीनामा
काठमाण्डौ । संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राजीनामा दिनुभएको छ ।
पदावधि ८ महिना बाँकी रहँदै गौतमले हिजो साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । राजीनामाको कारण भने प्रष्ट पारिएको छैन ।
उहाँको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गर्नुभएको छ ।