धादिङको मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प
काठमाण्डौ । धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।
यस्तै, गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले जनधनमा क्षति पुर्याएको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।