१९ वर्ष मुनिको एसिया कप अन्तरगत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाण्डौ ।  यूएईमा सुरु भएको १९ वर्ष मुनिको एसिया कप अन्तरगत पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो ।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले दोस्रो खेल पर्सी आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।