भूकम्प पीडितलाई भेट्न जाजरकोट पुग्नुभयो अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाजरकोट पुग्नुभएको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते राती गएको भूकम्पमा परेर आफन्त र परिवार गुमाएका र घरबारविहीन भएका पिडितहरुलाई भेट्न अध्यक्ष ओली आज जाजरकोट पुग्नुभएको हो ।
यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरुसँग भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार जाजरकोट अध्यक्ष ओलीले भूकम्प पीडितहरुसँग अन्तरक्रिया गर्ने, भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएको स्वयम् सेवक टोलीको कामका बारेमा जानकारी लिने र पुनः निर्माणका बारेमा भेरी नगरपालिका १ रिम्नामा सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्नुहुने कार्यक्रम तय गरिएको छ ।