मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘बिएस्सी सिएस आइटी र बिसिए’ विषयको शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले ‘बिएस्सी सिएस आइटी र बिसिए’ सकांयमा अध्ययनरत विद्यार्थीहरुको लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

आज (आइतबार) अनामनगरको तमू बौद्ध सेवा समितिको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता कार्यवाहक क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले गर्नुभएको थियो । प्रमुख अतिथि एवम् मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष महेन्द्रबहादुर पाण्डे र विशिष्ट अतिथि इन्सटिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (त्रिवि) का सहायक डीन प्रा. डा. महेन्द्रबहादुर महर्जनले पानसमा द्विप प्रज्जवलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएकोे थियो ।

May be an image of 3 people, people studying, dais and text

नयाँ भर्ना भएका विद्यार्थीहरूलाई विभिन्न सामूहिक खेलमा संलग्न गराई कलेज भ्रमण गराएको कार्यक्रम संयोजक एवम् मदन भण्डारी मेमोरियल कलेजका स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी प्रमुख फुलबाबु झाले बताउनुभयो । बिएस्सी सिएसआइटी र बिसिए विषय अध्ययन गर्न चाहनेका लागि मदन भण्डारी मेमोरियल कलेज देशभरिकै उत्कृष्ट गन्तव्यकोरुपमा रहेको उहाँको भनाइ थियो ।

May be an image of 5 people and people studying

कार्यक्रममा वर्ड प्रेस नेपाल, रिगरियस सफ्टवेयर कम्पनी, क्यान, आईएसपीएन, बैंकिङ क्षेत्रका प्रतिनिधिहरुका साथै सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले प्रेरक मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन भण्डारी मेमोरियल कलेजले शिक्षामा उत्कृष्टता र पारदर्शीता हाँसिल गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। प्राध्यापक डा. महेन्द्रबहादुर महर्जनले मदन भण्डारी मेमोरियल कलेजलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रित गरेकोमा धन्यवाद दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

May be an image of 1 person, studying and text that says 'MM Madan Bhandari Memorial College School of Science and Technology WELCOME το Acemic Orientation B.Sc. CSIT and BCA 2080 Batch 2080/08/17 Sunday'

मदन भण्डारी मेमोरियल कलेजका कार्यवाहक क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले पनि विद्यार्थीहरुलाई शिक्षण सिकाइ अतिरिक्त विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु गराउन पाउँदा खुशी लागेको बताउनुभयो । आगामी दिनमा यस्ता शैक्षिक अभिमुखीकरण कार्यक्रम झनै प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 7 people, people studying and text that says 'Madan Bhandari Memoria M:M Madan Bhandari Memorial College Schoolof Sciencear Technology WELCOME Academic Orientation B.Sc. CSIT nd BCA 2080 Batch 2080/08/17 Sunday 2- -- S'

कार्यक्रममा शैक्षिक सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठ, सहायक क्याम्पस प्रमुख प्रशासक डा. ताराप्रसाद गौतम, सहायक क्याम्पस प्रमुख कमल न्यौपाने, स्कुल अफ लिबरल आर्ट्सका प्रमुख डा. रघु मैनाली, स्कूल अफ म्यानेजमेन्टकी प्रमुख सरिता अग्रवाललगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संयोजक झाले प्रत्येक शैक्षिक सत्रमा यस्तै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई परिचयात्मक एवम् सामूहिक गतिविधीमा संलग्न गराउने प्रतिवद्यता व्यक्त गर्नुभएको छ । कलेज संकायका सदस्यहरू एवम् सहभागी विधार्थीहरुलाई सफलताको कामना दिदैँ कार्यवाहक क्याम्पस प्रमुख अधिकारीले कार्यक्रमको समापन गर्नुभएको थियो ।