मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने अध्यक्ष ओलीको टिप्पणी

काठमाण्डौ । मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।

आज मध्यपहाडी लोकमार्ग पदयात्रा अभिायनअन्तर्गत अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताउनुभएको हो ।

गठबन्धन सरकार आएपछि अहिले देशमा अस्थीरता, अराजकता फैलिएको र ओरालो लागेकको उहाँल टिप्पणी गर्नुभयो । ओलीले सरकारको ध्यान देश विकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाउनुभयो ।

ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली मेची अभियान गरिएको जिकिर गर्नुभयो । ओलीले एमालेका हरेक नेता तथा कार्यकर्ताहरू आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिनुभयो ।