काठमाण्डौ महानगरले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।

यसका लागि महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । महानगरले आज सूचना निकालेर २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक माग गरेको छ ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/ ०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाण्डौ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरीवेक्षण गर्ने महानगरले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिनसक्नेछन् ।