पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
गएराति १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल- मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो । भाउ घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ रुपैयाँ छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय रुपैयाँ घाटा रहे पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरेर भाउ यथावत् राखेको निगमको भनाइ छ ।