लुम्बिनी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट परेको छ ।
प्रदेशमा रहेका १३ वटा अस्पताल विकास समितिबाट आफूहरुलाई कानुन विपरित हटाएर नयाँ नियुक्ति गरेको भन्दै पूर्व अध्यक्षहरुले रिट दायर गरेका हुन् । प्रदेशमा रहेका १३ वटा अस्पताल विकास समितिबाट आफूहरुलाई कानुन विपरित हटाएर नयाँ नियुक्ति गरेको भन्दै पूर्व अध्यक्षहरुले रिट दायर गरेका हुन् ।
कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्ति गरेको थियो । राजनीति प्रतिसोध साँधेर आफूहरुलाई नियम विपरित हटाएको अध्यक्षहरुले प्रतिक्रिया दिएका छन् । कुनै पनि जानकारी नदिई आफूहरुलाई पदमूक्त गरिएको पूर्व अध्यक्षहरुले प्रतिक्रिया दिए । सरकारले गरेको उक्त निर्णयले पूर्व अध्यक्षहरुमाथि अन्याय गरिएकाले निर्णय बदरका लागि सर्वोच्चमा रिट दायर गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र अर्थमन्त्री धनबहादुर मास्कीसहित नवनियुक्त अध्यक्षहरुलाई रिटमा विपक्षी बनाइएको छ। भागबन्डा गरेर सरकारमा सहभागी सत्तारुढ दलले अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । ६ वटामा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र अन्य तीन वटा साना दलका छन् ।